Logo

यी हुन शनिबार खानै नहुने बस्तु, गर्नै नहुने काम



काठमाडौं । वैदिक धर्मग्रन्थ र ज्योतिषशास्त्रमा नेपालीहरुको गहिरो बिश्वास छ । आफ्नै खालका रितिरिवाज,चालचलन, सस्कृती,बिश्वास र पद्धतिहरु छन। शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ ।

कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ ।

-सादा दूध र दही शनि देवताले मन पराउँदैनन् । तर खानैपरे त्यसमा हल्दी अथवा अलिकति गुड मिलाउनुपर्छ ।

-शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । मुसुरोको दाल मंगलबाट प्रभावित हुन्छ ।

-आँपको अचार खानुहुन्छ भने शनिवारको दिन त्यसलाई टाढै राख्नुहोस् । शनिको प्रकोपबाट बच्न आँपको अचार नखानुहोस् ।

-शनिवारको दिन रातो खुर्सानी पनि खाना हुँदैन। रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन् भन्ने बिश्वास गरिन्छ।

-शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदाहुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।

-शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।

-शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन ।

-नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।

-काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ ।

-शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।

-शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न उपयुक्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता