Logo

श्री गंगा न्यौपानेको नेतृत्वमा १५ सदस्यीय समिति गठन



बाँके,बैशाख १२ । अनन्त परम्-उध्दारकर्ता संकटमोचन स्वरुप तत्वदर्शी सद्गुरुदेव श्री मदन बाबा ज्यूको परम्-सानिध्यता तथा श्री मदन बाबा भक्ति केन्द्र बाँके जिल्ला समितिका तत्कालिन अध्यक्ष एवम् केन्द्रीय सदस्य श्री कौशल कुमार मिश्रको अध्यक्षतामा बैठक बसी मौजुदा बाँके जिल्ला समिति विघटन गरी नयाँ नेतृत्व चयन गरिएकोछ ।

श्री गंगा न्यौपानेको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो । श्री मदन बाबा भक्ति केन्द्रका संगठित सदस्यहरुको भेलाले उक्त समिति चयन गरेको हो । नवगठित समितिमा अध्यक्ष श्री गंगा न्यौपाने-नेपालगंज, उपाध्यक्ष श्री राधा शाह-कोहलपुर, उपाध्यक्ष श्री हेमनारायण चौधरी-नेपालगंज, सचिव श्री सम्झना शाह-नेपालगंज, कोषाध्यक्ष श्री आशा चौधरी-कोहलपुर, सदस्य श्री परेक शाही-कोहलपुर, श्री हेमलाल गिरी-नेपालगंज, श्री नारायण प्रसाद पाण्डे-कोहलपुर, श्री मिना घर्ती मगर-कोहलपुर, श्री सावित्री चौधरी-नेपालगंज, श्री खिम बहादुर रावत-राप्तिसोनारी, श्री सरयु भट्टराई-नेपालगंज, श्री सुमिन चौधरी-नेपालगंज, श्री सिता वि.सी-नेपालगंज. श्री मन्जु सुवेदी रिमाल-सम्झनाचोक र सल्लाहकारमा श्री पूर्णिमा हमाल रहनुभएको छ ।

नवगठित समितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई प्रत्यक्ष सद्गुरुदेव श्री मदन बाबा ज्यूले आशिर्वाद कृपा प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । त्यसैगरि केन्द्रीय अध्यक्ष श्री शारदा तिवारी, महासचिव श्री निशा राना, संस्थापक उपाध्यक्ष एवम् बरिष्ठ केन्द्रीय सदस्य श्री लोकेन्द्र कुवँर, केन्द्रीय सदस्य श्री कौशल कुमार मिश्र, निवर्तमान साँफेबगर मेयर तथा भक्ति केन्द्रका केन्द्रीय सल्लाहकार श्री कूल बहादुर कुवँर, लुम्बिनी प्रदेशका कोषाध्यक्ष श्री बबिता राजभण्डारी, लुम्बिनी प्रदेशका सल्लाहकार श्री रुपा राजभण्डारी लगायतले सफल कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रममा तत्कालीन अध्यक्ष श्री कौशल कुमार मिश्रले बैठक संचालन गर्नुभएको थियो भने यस अघिको समितिले गरेको कार्य गतिविधि प्रतिवेदन तत्कालिन सचिव तथा नवगठित समिति अध्यक्ष श्री गंगा न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता