Logo

सूर्य नेपाल काठमाडौं ओपन : भुवन शीर्षस्थानमा कायमै, दिनेशमाथि ६ स्ट्रोकको अग्रता



काठमाण्डौं,बैशाख १४ ।  सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन समग्रमा ७–अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन। आज भुवनले ५–अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पारेका हुन।

दोस्रो दिनका संयुक्त लिडर दिनेशले आज १–ओभर ६९ मा खेल सकाए। समग्रमा १–अन्डर २ सय ३ सहित दोस्रो स्थानमा तल झरे। तोरण विक्रम शाही र निरज तामाङ समग्रमा इभन–पार २ सय ७ सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन। तोरणले दिनकै उत्कृष्ट ७–अन्डर ६१ को स्कोर दर्ज गरे। निरजले १–अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए।

समग्रमा २–ओभर २ सय ६ सहित धन बहादुर थापा र सञ्जय लामा संयुक्तरुपमा पाँचौ स्थानमा छन। धनले २–अन्डर ६६ र सञ्जयले इभन–पार ६८ मा खेल सकाए। यस्तै समग्रमा ३–ओभर २ सय ७ सहित सुबाश तामाङ, जयराम श्रेष्ठ र रवि खड्काले संयुक्तरुपमा सातौं स्थान बाँडे। सुबाशले इभन–पार ६८, जयरामले १–ओभर ६९ र रविले ३–ओभर ७१ मा खेल सकाए।

एमेच्योरतर्फ सदभाव आचार्य समग्रमा ६–ओभर २ सय १० को स्कोरमा शीर्षस्थानमा उक्लिए। आज उनले ३–ओभर ७१ खेल्दै टासी छिरिङलाई ५ स्ट्रोकले पछि पारे। टासीले आज ९–ओभर ७७ को प्रदर्शन गर्दा समग्रमा ११–ओभर २ सय १५ सहित दोस्रो स्थानमा तल झरे। राहुल विश्वकर्मा समग्रमा २३–ओभर २ सय २७ सहित तेस्रो स्थानमा छन। उनले आज ७–ओभर ७५ को स्कोर खडा गरे।

भुवनले उत्कृष्ट सुरूवात गरे। पहिलो, दोस्रो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने ५–पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ६–अन्डर २८ मा सकाए। तर ब्याक नाइन भने १–ओभर ३५ मा पुरा गर्न बाध्य भए। ११औं र १७औं होलमा बोगी प्रहार गरे भने ४–पारको १६औं होलमा डबल बोगीको सामना गरे। उनले १२औं, १४औं र १८औं होलमा एक–एक सट बचाए।

दिनेशले दोस्रो होलको बर्डी विरूद्ध पहिलो र पाँचौं होलको बोगीले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए। यसपछि १०औं, १३औं र १४औं होलमा एक–एक सट बचाए। तर ११औं होलमा ट्रीपल बोगीको सामना गर्दा ब्याक नाइन इभन–पार ३४ मा पुरा गरे।

दिनको उत्कृष्ट स्कोर कार्ड बनाएका तोरणले बोगी रहित ६१ खेले। दोस्रो, चौथो, पाँचौ र आठौं होलमा चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३० को उत्कृष्ट स्कोर गरे। यसपछि १०औं, ११औं र १७औं होलको बर्डीले ब्याक नाइन ३–अन्डर ३१ मा सकाए।

निरजले पाँचौं र आठौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए। यसपछि उनले ११औं, १३औं र १५औ होलमा बर्डी प्रहार गरे। तर १०औं, १२औं, १६औं र १८औं होलमा एक–एक सट खेर फाले। ब्याक नाइन १–ओभर ३५ मा सकाए।

चार दिने प्रतियोगितामा कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन। टप २१ मा पर्ने प्रोफेसनल खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता