उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता आजबाट
ललितपुर,माघ १६ गते । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता आजबाट शुरु हुँदै छ ।
कलेजका प्रिन्सिपल श्री सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई रु. ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु. २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाउनुभएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु. १५ हजार प्रदान गरिने जानकारी दिनुभएको छ ।
ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।