म्यानचेष्टर सिटी दोस्रो स्थानमा

काठमाण्डौं,बैशाख १४ । प्रिमियर लिगमा फिल फोडेनको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ ।
सिटीले लिभरपुललाई पछि पार्दै शीर्ष स्थानको आर्सनललाई पछ्याइरहेको छ ।
सिटीको ३३ खेलबाट ७६ अंक भएको छ । ३४ खेल खेलेको आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने ३४ नै खेल खेलेको लिभरपुलको ७४ अंक छ ।
सिटीले अझै एक खेल कम खेलेकोले सिटीलाई त्यसको फाइदा हुनेछ ।