Logo

यस्तो छ तपाईको शुक्रबारको भाग्य, चैत्र १३ गतेको राशिफल हेर्नुहोस्



मेषः आफूलाई मन पर्ने वा रुचिको विषय अध्ययन गरी बौद्धिकताको स्तर फराकिलो बनाउन सकिनेछ । राजनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरुको संगतले राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुरुषार्थी काम गरी लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा नजिक हुन सकिनेछ ।

वृषः शैक्षिक तथा धार्मिक यात्रा हुने भएपनि यात्राको क्रममा कष्टको सामना गर्नुपर्ने हुनसक्छ ध्यान दिनुहोला । समाजमा राम्रा काम गर्दागदै प्रतिस्पर्धीहरुले खुट्टा तान्नेछन् । खोजीमुलक क्षेत्रमा नतिजा हात पार्नको लागि बढी नै खट्नु पर्नेछ । अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग बिवाद हुनसक्छ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेको छ ।

मिथुनः अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार व्यवसायमा अरु दिन भन्दा सधार भएर जाने तथा केही मात्रामा आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरु सम्पादन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका मानिसबाट सहयोग प्राप्त हुनेछ । माया गर्नेहरुका लागि सम उत्तम रहेको छ ।

कर्कटः विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यवसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सिंहः विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पढाई लेखाईमा सहपाठीहरुलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाईनेछ ।

कन्याः समय मध्ययम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाई लेखाईमा मन नजाने हुदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुलाः व्यापार व्यवसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । घरजग्गाको कारोबारबाट मनग्गे आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ ।

वृश्चिकः सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ । आँट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ ।

धनुः कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । व्यापारमा मन्दी आउनेछ । प्रेममा अविस्वास सिर्जना हुनेछ । गीत संगीतको क्षेत्रमा लाग्नेहरुका लागि समयले साथ दिनेछ । बोल्ने कुरामा ध्यान नजादा आलोचनाको शिकार होईनेछ । कार्यक्षेत्रमा कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

मकरः व्यापारमा लागानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागि नयाँ अवसरहरु प्राप्त हुनेछन् । विद्यार्थीहरुका लागि आजको समय उत्तम रहेकोले नतीजा आफैँतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाईलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा सुधारको संकेत देखिनेछ । दैनिक समस्याहरु सुल्झाउँदै बढ्न सकिनेछ ।

कुम्भः विद्यार्थीहरुका लागि अध्ययनकै सवालमा यात्रा गर्ने अवसर जुर्नेछ । समय राम्रो रहेकोले विदेशी सामानको आयात निर्यात गरी व्यापार बिस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित सस्थामा काम पाउने योग रहेको छ । तर पनि काम गर्दा ध्यान पूर्वक गर्नुहोला काम बिग्रने र जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

मीनः आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । सानो पुँजीबाट व्यापार शुरु गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउनेछन् । अध्ययनमा थोरै मिहेनतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता