Logo

सर्वोच्च अदालतले गर्‍यो यस्तो फैसला नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डेको रिट खारेज



काठमाण्डौं,बैशाख १३ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डेको रिट खारेज गरिदिएको छ।

उच्च अदालतले पाण्डेलाई थुनामा राख्न भनेकाेमा उनी त्यसविरुद्ध सर्वोच्च गएका थिए। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले पाण्डेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको हो।

सर्वोच्चले आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा छाड्न आदेश दिएको छ। चौधरीसँग १० लाख रुपैयाँ र शेर्पासँग ३० लाख धरौटी लिन गरिएको छ। उच्चले उनीहरूलाई पनि थुनामै राख्न भनेको थियो।

यसैगरी, उच्चले धरौटीमा छाड्न भनेको शमशेर मियाँलाई साधारण तारेखमा छोड्न सर्वोच्चले आदेश गरेको छ।
केशवप्रसाद दुलाल, सन्देश शर्मा, टोपबहादुर रायमाझी, सागर राई, इन्द्रजित राई र सानु भण्डारीको हकमा उच्चकै फैसला सदर भएको छ। उनीहरूलाई उच्चले थुनामा राख्न भनेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता