Logo

अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय



काठमाण्डौं,बैशाख १३ । कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन्। अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए।
यस मुद्दामा कुल ११ जना प्रतिवादी रहेकोमा चारजनालाई जन्मकैदको सजाय तोकिएको हो। एकजनालाई भने अदालतले सफाइ दिएको छ।

स्रेस्तेदार ढोडारीका अनुसार मुक्ति साहले सफाइ पाएका हुन्। यसैगरी, ६ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता