Logo

बच्चन परिवारले कोरोना खोप लगाउँदा किन लगाएनन् अभिषेकले  ? 



एजेन्सी, । विश्व कोरोनाको चपेटामा परेको बेला बलिउडका हस्ती अमिताभ बच्चनले पनि खोप लगाएका छन् । संक्रमण बढ्दै गएपछि अमिताभ आफैले सामाजिक सञ्जाल ट्विटरबाट खोप लगाएको जानकारी दिएका हुन् ।

बिहीबार पुरै बच्चन परिवारले खोप लगाएको भन्दै अमिताभले खोपको अनुभव बारे जानकारी दिएका हुन् । उनले सबै परिवारको कोरोना जाँच गराएको र सबैको रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिएका छन् । उनले सबै परिवारले खोप लगाएपनि छोरा अभिषेक बच्चनले भने नलगाएको बताएका छन् । अमिताभले अभिषेक बाहिर भएकोले चाडै आएर लगाउने विश्वास गरेका छन् । उनको ट्विट तिव्र रुपमा भाइरल भएको छ ।

पछिल्लो वर्ष अमिताभको परिवारमा उनीसहित छोरा अभिषेक, बुहारी एश्वर्या र नातिनीसमेत कोरोना संक्रमित भएका थिए । सबैजना केही दिन अस्पतालमा भर्ना भएर उपचार पछि घर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता