Logo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ वर्षपछि हुनलागेको दिक्षान्त समारोह स्थगित



जुम्ला,भदौ २३ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलाे पटक आयाेजना गरेकाे दीक्षान्त समारोह तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ । सबै तयारी पूरा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएपछि दिक्षान्त समाराेह तथा शैक्षिक भवन उद्घाटन लगायतका कार्यक्रम स्थगित भएकाे हाे ।

प्रतिष्ठानकाे रजिष्टारकाे कार्यालयले सूचना जारी गर्दै विशेष प्राविधिक कारण भाद्र २३ गतेका लागि आयोजना गरेको दीक्षान्त समारोह तथा शैक्षिक भवन उद्घाटन कार्यक्रम विशेष प्राविधिक कारणवस स्थगित गरिएको जानकारी दिएकाे छ ।

उक्त सूचनाका अनुसार आगामी कात्तिक २८ गते बुधवारका दिन दिक्षान्त समाराेह तथा भवन उद्घाटनकाे कार्यक्रम हुने छ । केकति कारणले पूर्व निर्धारित भईसकेकाे कार्यक्रम स्थगित भएकाे भन्नेबारे खुलाईएकाे छैन् । यपदी कार्यक्रम स्थगित भएपछि सर्वसाधारणहरुमा परेकाे असुविधा प्रति भने प्रतिष्ठानले क्षचा मागेकाे छ ।

तथापि पूर्व सूचना अनुरुपको आँखा उपचार केन्द्रको उद्घाटन तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्राप्त ईएमआर सिस्टम हस्तान्तरण कार्यक्रम संचालन हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता