Logo

निजामती सेवा दिवसमा ‘नेराकस’ द्दारा ७० बिरामीलाई हर्लिक्स वितरण



जुम्ला,भदौ २३ । निजामती सेवा दिवसका अबसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारथ विरामीलाई हर्लिक्स वितरण गरिएकाे छ । २१ ओै निजामती सेवा दिवसका अबसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कार्यसमिति जुम्लाले ७० जना

विरामीलाई हर्लिक्स वितरण गरेकाे नेराकस जुम्लाका अध्यक्ष मिलन बुढ्थापाले बताए ।

उनका अनुसार २१ ओैँ निजामती सेवा दिवसका अबसरमा बिरामी भेटघाट कार्यक्रम अन्तरर्गत प्रतिष्ठानमा उपचारथ ७० जना बिरामीलाई हर्लिक्स वितरण गरेकाे हाे ।

हर्लिक्स वितरण संगै विरामी भेटघाट गरी स्वास्थ्य लाभकाे कामना समेत गरिएकाे छ । भने कर्मचारी र जनताबीच नङ मासु जस्तै समधुर सम्बन्ध कायम राख्नु पर्ने मान्यता राख्दै दिवसका अबसरमा विरामी भेटघाट तथा हर्लिक्स बाडिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता