Logo

चलचित्र ‘खुस्मा’ को ‘रुकुम मैकोट’बोलको गीत रिलिज



काठमाण्डौं,भदौ ९ । चलचित्र ‘खुस्मा’ को गीत रिलिज भएको छ । आईतवार राजधानीको बिग मुबिज सिनेमा घर कमलपोखरीमा कलाकार र पत्रकार माझ उक्त चलचित्रको ‘रुकुम मैकोट’बोलको गीत रिलिज भएको हो ।

चलचित्रको उक्त गीतलाई एसडी योगी र शान्तीश्री परियारले स्वर दिएका छन् भने सुरेन राईले कोरियोग्राफ गरेका छन् । संगीत एस डी योगी कै रहेको छ । सुरेन्द्र राना,राम सुबेदी,अशोक थापा मगरले गीत लेखेका छन् ।

पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिंदै नायक धीरज मगरले भने ‘ सँधै फरक शैलीमा अभिनय गर्न रुचाउने मेरो सोच अनुरुप यो चलचित्र बनेको छ र सोही अनुसार तपाईंले आज मलाई रुकुमेलीको ड्रेसमा सजिएर नाचेको देख्न पाउनु भयो ।

स्थानीय भाषालाई टिप्न केही मेहनत गर्नु पर्‍यो आशा छ दर्शकहरुले मन पराइ दिनु हुने छ । ‘ भन्नु भयो त्यस्तै नायिका उपासना सिंह ठकुरीले पनि चलचित्र राम्रो बनेको र यो गीतले चर्चा पाउनेमा ढुक्क रहेको भनिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता