Logo

लेमनग्रासका यी ५ फाइदा, थाहपाएपछि यसको सेवन अवश्य गर्नु हुनेछ



काठमाडौँ। लेमनग्रास गाउँ घरदेखि शहर सम्म पाइने एक महत्त्वपूर्ण वनस्पति हो। यसमा पाइने पोषक तत्वले शरीरको सम्पूर्ण स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्दछ। लेमनग्रास भिटामिन ए, बी, सी र फोलेटको राम्रो स्रोत हो। सानोतिनो शारीरिक समस्याको निदान खोज्न मात्र होइन, शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि लेमनग्रासको चिया नियमित पिउन सकिन्छ ।

यसमा पाइने पोटासियम, क्याल्सियम, म्याग्नीशियम र आइरनले शरीरको समग्र संयन्त्रलाई ठिक राख्दछ। लेमनग्रासमा एन्टिअक्सीडेन्ट, फिनोलिक यौगिकहरूले शरीरमा हुने थुप्रै रोगहरुलाई हटाउन औषधीको रूपमा काम गर्ने गर्दछ । यसको मुख्य तत्व भनेको कागती वा सिट्रस हो, जसमा एन्टिफंगल र एन्टि माइक्रोबियल गुणहरू हुन्छन्।

जानिराखौँ यसका ५ फाइदा

कोलस्ट्रोलः यसमा एन्टिहाइपरलिपिडेमिक र एन्टीहाइपरकोलेस्ट्रोलेमल गुणहरु पाइन्छ, जसले कोलेस्ट्रोलको स्तरलाई स्वस्थ राख्न सहयोग पु¥याउँछन्। एक अध्ययनका अनुसार दैनिक लेमनग्रासको सेवनले ट्राइग्लिसिसराइड्स स्तरलाई ठीक राख्दछ। यसैगरी, यसको सेवनले शरीरबाट एलडीएल (लो डेनिसिटी लिपोप्रोटीन) कोलेस्ट्रोलको शरीरबाट कम मद्दत गर्दछ।

डिटोक्सिफिकेसन वा शरीरबाट विषाक्त तत्वको निस्कासन : शरीरमा हुने डाइयुरेटिक गुणबाट हानिकारक विषाक्त पदार्थ निस्कासन गर्न सहयोग गर्दछ। यस्ता विषाक्त तत्व शरीरबाट निस्कासन भएपछि शरीरका अंगहरुले राम्रोसँग काम गर्दछ। लेमनग्रासमा हुने डाइयुरेटिक गुणका कारण पिसाब लाग्ने क्रम बढ्ने गर्दछ जसका कारण शरीरबाट विषाक्त पदार्थ पिसाबबाट बाहिर निस्किन्छ।

पेटको समस्याः एक अध्ययनका अनुसार, लेमनग्रासको एसेन्शियल ओइलमा एन्टिमाइक्रोबियल र एन्टि ब्याक्टेरियल गुण हुन्छ। जसले पेटमा हुने इन्फेक्शनबाट बचाउने गर्दछ। यसले पाचन तन्त्रको पनि सुधार गर्दछ र ग्यास्ट्रिक तथा अल्सरलाई रोकथाम गर्दछ।

अनुहारको छालाका लागि फाइदाजन : लेमनग्रासमा पाइने एन्टीसेप्टिक र एस्ट्रिन्जन्ट गुणको कारण यसले अनुहारको छाला स्वास्थ्य राख्ने काम गर्दछ। यदि कसैको अनुहारमा धेरै चिल्लो आउँछ भने यस्तो अवस्थामा लेमनग्रास निकै फाइदाकारी हुन्छ । साथै, यसले मुहारलाई पनि सफा र चम्किलो बनाउन मद्दत गर्दछा।

शरीरमा प्रतिरक्षा प्रणालीको सुधार : लेमनग्रासले पाचन, श्वासन, शरीरका तन्तुहरुलाई ठीक राख्न मद्दत गर्दछ। शरीरका लेमन ग्रासले शरीरका पोषक तत्वलाई अवशोषित गरि रोग प्रतिरोधात्मक क्षमतमा बढवा दिन्छ। शरीरमा हुने कोशीकाहरुको संयन्त्रलाई पनि ठिकमा राख्दछ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता