Logo

सहासिक खेल वाल कलाइम्बिङ प्रतियोगिताको आयोजना



काठमाण्डौं,भदौ ८ । नेपाल माउन्टेन एकेडेमीका बिद्यार्थीहरुको द एकेडेमी स्पोर्ट्स कमिटीले द वाल क्लाइम्बिङ इभेन्ट प्रतियोगिताको आयोजना गरेको छ । काठमाण्डौको पासाङ ल्हामु शेर्पा स्पोर्टस क्लाइम्बिङ सेन्टर धुम्बाराहीमा आज भएको उक्त खेलमा करिब २०० जना सहभागी रहेको आयोजक कमिटीका प्रमुखले जानकारी दिनु भयो ।

ब्याचलर अफ माउन्टनेरिङ्ग स्टडिस थापा गाउँ बिजुलीबजारका बिद्यार्थीहरुले प्लस टु सकेर ब्याचलर पढ्नेहरुलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिता भएको सहभागीहरुले भने ।

यस क्षेत्रमा अन्ध्ययन गर्न आउन चाहने नयाँ विद्यार्थी र यसैलाई ब्यावसायिक रुपमा अगाल्न चाहनेहरुकालाई उत्कृष्ट अध्ययनशाला रहेको संस्थाका लेखाप्रमुख आलोक खतिवडाले भन्नु भयो । आजको खेल पनि यही सन्दर्वलाई जोडी प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।

त्यस्तै खेलका निर्णायक प्रमुख फुर्पा शेर्पाले यो खेल कुनै बेला सहासिक भन्ने गरिन्थ्यो भने अहिले खेलकुदको बर्गमा राखिएको छ,क्लाइम्बिङ प्रतियोगिताको समय ७ मिनटको राखिएको र उक्त समयभित्र तोकिएको मापडण्ड पार गर्ने लाई पहिलो,दोस्रो र तेस्रो घोषणा गरिने छ । भन्नु भयो ।

प्रतियोगितामा पहिलो,दोस्रो,तेस्रो,चौंथो र पाँचौं हुने खेलाडिलाई ४ हजार,३ हजार,१ हजार ५ सय र १ हजार नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता