Logo

दूधसँग यी खानेकुरा नखानुस्, नत्र स्वास्थ्यमा गम्भिर असर पर्ला



काठमाडौं । दूध हाम्रो शरिरको लागि फाइदाजनक मानिन्छ । प्रशस्त पोषक तत्व पाइने दूध शरिरलाई धेरै रोगबाट बचाउन मद्दत गर्छ ।

शरिरलाई स्वस्थ राख्न धेरैले बिहान बेलुका दूध पिउने गर्छन् । दूध स्वास्थ्यको लागि फाइदाजनक भए पनि कुनै बेला यसले बेफाइदा पनि गर्ने गर्छ ।

हामिले दूधसँग मिलाएर खाने खानेकुराका कारण शरिरमा विभिन्न समस्याहरु हुन सक्छन् । खाना खाने समयमा कालो दाल खाँदै हुनुहुन्छ भने दूध नपिउनुहोस् । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

त्यस्तै दुध खाँएको समयमा कागती पनि खानुहुँदैन । दुध खानु भएको छ भने नुन र करेला पनि खानुहुँदैन । यसले शरिरमा समस्या निम्ताउछ । तातो दुध सुत्नु भन्दा अघि पनि खानुहुदैन ।

यसले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ । दुध सेवन गरे लगत्तै कुनै फल पनि खाँनुहुँदैन । दुध र दही पनि एकैपटक पिउनुहुँदैन । यसले छालाको रोग लाग्ने सम्भावना हुन्छ ।

दुधसँगै मूला, जामुन, माछा जस्ता पदार्थ पनि खानु हुँदैन । यसरी खाँदा स्वास्थ्यमा गम्भिर समस्या आउन सक्छ । प्रोटिन, कार्बोहाइड्रेट तथा अधिक मात्रामा फ्याट भएको वस्तु खानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता