Logo

रविन्द्र मिश्रलाई प्रधानमन्त्री ओलीका सल्लाहकारले दिए यस्तो ध’म्की



काठमाडौ । नेकपामा आएको विचलन र संसद भंग पछि अहिले राजनीतिमा एक अर्का विरुद्ध खरो टिका टिप्पणी गर्ने क्रम बढेको छ । राजनीतिक दलका नेतहरु एक अर्का विरुद्ध वि ष ब’म’न गर्न थालेका छन् । सामाजिक सञ्जालमा पनि त्यस्ता शब्द प्रयोग हुने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पनि त्यस्तै ध’म्की पूर्ण भाषा प्रयोग गरेका छन् । उनले रविन्द्रलाई सीमामा बस्न भनेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा मिश्रले गरेको ट्वीटमा कमेन्ट गर्दै रिमालले ध’म्की पूर्ण भाषा प्रयोग गरेका हुन्।

शनिबार साँझ मिश्रले समसामयिक राजनीतिक घटनाक्रमबारे ट्वीट गरेका थिए। उनले लेखेका थिए ‘कस्तो समय आयो रु पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मु द्दामा बोल्नु पर्ने। प्रधानमन्त्रीरराष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरिक हुने। अब अति भो १

मिश्रको यो ट्विटमा कमेन्ट गर्दै प्रधानमन्त्रीका सल्लाहकार रिमालले लेखेका छन् ‘सीमामा बस्नुस् रवीन्द्र जी १ तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यतिचाहिँ भनूँ ‘मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीका सल्लाहकार रिमालको ट्विट ध’म्की पूर्ण भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता