Logo

सोनसिकको बिशेष शैक्षिक सम्मेलन सम्पन्न



थेगु, दक्षिण कोरिया मङ्सिर,१५ । दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) ले दुई दिने बिशेष शैक्षिक सम्मेलन भब्यताका साथ सम्पन्न गरेको छ । गत नोभेम्बर २६ र २७ तारिखमा कोरियाको थेगु स्थित खेम्यङ्ग युनिभर्सिटीमा सम्पन्न भएको उक्त सम्मेलन खेम्यङ्ग युनिभर्सिटी अन्तर्गत आइएलआईपीएस (ILIPS) इन्स्टीच्युटको 50 औँ बार्षिकोत्सब पारेर सोनसिक र आइएलआईपीएस द्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनको उद्घाटन कोरियाका लागि नेपाली राजदुत प्रा डा ज्योति प्याकुरेलले गरेकी थिईन् ।

‘A Journey into the Academia: Exploring Contemporary Research Trends Across Disciplines’ अर्थात एकेडेमियाको यात्रा: बिबिध बिधामा अनुसंधानका समकालिन प्रबृत्तिहरुको अन्वेषण’ बिषयक उक्त सम्मेलनमा अर्थशास्त्री प्रा डा बिश्वम्भर प्याकरेल, डा. अग्नी कोइराला, डा. सृजना ज्ञवाली र प्रा डा एन्जेलिटा क्रुजले आफ्नो बिशेष प्रस्तुति दिएका थिए । साथै उक्त सम्मेलनमा कार्यक्रममा ILIPS कि अध्यक्ष सुश्री नयोङ आह वैज्ञानिक समितिका अध्यक्षहरू डा. अग्निराज कोइराला र डा. मधु सुदन अत्तरेय, वैज्ञानिक समितिका सदस्यहरू डा. इन्दिरा तिवारी, डा. प्रकाश देवकोटा, डा. केशव थापा, डा. सृजना ज्ञवाली, डा. रामहरि दाहाल, डा. प्रदीप अधिकारी र डा. गणश्याम ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

कोरियामा रहेर बिभीन्न बिधा र संकायहरुमा बिद्दता हाँसिल गरेका ब्यक्तिहरु माझ अन्तर्कृया गराई बिज्ञता आदान प्रदान गर्ने प्लेटफार्म निर्माण गर्दै आएको सोनसिकले यसपाली पनि ईन्जिनियरीङ्, आइटी, प्राकृतिक बिज्ञान, मेडिकल, समाज शास्त्र लगायत बिधालाई समेटेको सोनसिकका अध्यक्ष मनीष पाण्डेले जानकारी दिए ।

कार्यक्रममा कोरिया तथा विदेशका विभिन्न संघसंस्था तथा विश्वविद्यालयका वैज्ञानिक, अनुसन्धानकर्ता, विद्वान तथा बिभिन्न बिधाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । बिभिन्न बिधा अनुसार छुट्टाछुट्टै शैक्षिक सत्र चलेको र सम्बन्धित बिधाका बरिष्ठहरुलाई उक्त सत्रको नेतृत्व दिईएको र हरेक बिधामा हाल सम्म भैरहेका बिभिन्न अनुसन्धानहरुलाई मौखिक तथा पोष्टर गरि ७० भन्दा बढी प्रस्तुतिहरु भएको उक्त सम्मेलनका संयोजक मनोज कुमारले बताए । कार्यक्रमलाई सहायक प्राध्यापक डा. सिद्धार्थ विक्रम पाण्डे र बिक्रम खड्काले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता