Logo

डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी



काठमाण्डौं,बैशाख १४ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहको शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट सिंहको सरुवा गरिएको हो ।
यसअघि ७ वैशाखमा गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि गण्डकी प्रदेशमा डीआईजी रिक्त थियो । उनै खनालको ठाउँमा सिंहलाई पठाइएको हो ।

आजै शुक्रबार ६ एसएसपीको सरुवा गरिएको थियो । ८ महिनामै जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता