Logo

बुद्ध एयरको विमानमै बेहोस भएकी जानुकाले होस आएपछि यसो भनिन् ‘



 

काठमाडौ । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज आकाशमा झण्डै एक घण्डटा होल्ड भएपछि एक यात्रु महिला बेहोस भएकी छन् । विमानमा रहेकी एक महिला यात्रु बेहोस भएको बाँके प्रहरीले जनाएको छ। उनको राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार पछि अहिले डिस्चार्ज भएको छ ।

बिहीबार बिहान करिब ७ बजेरतिर उडेको जहाज ९ बजेपछि मात्र नेपालगञ्ज अवतरण भएको थियो। खराब मौसमका कारण जहाज ल्यान्ड हुन नसकेपछि आकाशमै होल्ड गरिएको थियो। जहाजमा ६९ जना यात्रु सवार थिए।

ति महिलाको नाम जानुका थापा भनिएको छ । उनी भारतको दिल्लीबाट काठमाडौं आएकी थिइन् । सुर्खेत स्थित आफन्तलाई भेट्न जान लागेकी ४७ वर्षीया जानुका थापा अहिले आफन्तको जिम्मा लागेर सुर्खेत तर्फ लागेकी छन् ।

झण्डै एक घण्टा विमान आकासमै होल्ड भएपछि उनी बेहोस भएकी थिइन् । जहाज अवतरण हुने वित्तिकै उनलाई एम्बुलेन्सबाट राँझास्थित सैनिक अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । बुद्ध एयरको नेपालगन्ज व्यवस्थापक विनित शाहले अस्पताल लगेको एक घण्टाभित्रै उनको होस आएको र अहिले आफन्तको जिम्मा लगाएर पठाइएको जानकारी दिएका छन् ।

व्यवस्थापक शाहका अनुसार बिहीबार बिहान ७। ४४ बजे काठमाडौंबाट आएको जहाज ८ ४४ मा नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने बेलामा वर्षा भएपछि ९ १९ बजे ल्याण्ड गरिएको थियो।

अस्पतालवाट रिस्चार्ज भएर सुर्खेत जान लागेकी जानुकाले भनिन्, मलाई विमानमा एक्कासी एकदमै गर्मी भयो । मैले ज्याकेट र मफरल निकाले । त्यतीकैमा मेरो त दुईवटै हात पनि बाउडिन लागे। हात नै चलेन । त्यसपछि मैले एयर होस्टेजहरुलाई बोलाए । विमानमा भएका डाक्टर पनि आएर मेरो हात मुसार्नु भयो। मैले निकै अप्ठ्यारो भयो, मलाई छिटो बाहिर निकाल्नु भने कराएँ । उहाँहरुले केही हुँदैन । केही हुँदैन । ल्याण्ड हुन लागिसक्यो । तपाई नडराउनु भने । मलाई त्यही बेला उल्टी भयो । लगत्तै जहाज ल्याण्ड भयो भनियो । त्यसपछि मलाई केही पनि थाहै छैन ।

उनले आफु यस अघि पनि धेरै पटक हजाई उडान गरेको र अहिले सम्म यस्तो कहिल्यै नभएको बताएकी छन् । आफुलाई कुनै रोग पनि नभएको ति महिलाको भनाई छ । तर अहिले अस्पतालमा भने सुगरको मात्रा केही बढेको भनेर आफुलाई बताएको पनि उनले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता