Logo

बझाङ र ईलाममा मतदान शुरु उम्मेदवारहरूले गरे मतदान



काठमाडौं,बैशाख १५ । उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहानदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

मतदान सुरु भएसँगै केही उम्मेदवारहरूले मतदान गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् । सोही मतदानस्थलको ‘क’ केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले पनि मतदान गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका -३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरेका छन् । त्यही क्याम्पसको केन्द्रबाट सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि मतदान गरिसकेका छन् । उनले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता