Logo

कोभिड संक्रमणबाट जोगिन यस्ता छन् माधव नेपालका टिप्स



 

काठमाडौ । पछिल्लो समय बढ्दै गएको कोभिड संक्रमणले सबैलाई चिन्तित बनाएको छ । राजनीतिक कार्यक्रम, सभा, भेला र बैठकवाट संक्रमण फैलिएको अनुमान लगाउन सकिन्छ । नेकपा माओवादीको महाधिवेशन सकिए लगत्तै सो पार्टीका अध्यक्ष सहित नेताहरुमा कोभिड पुष्टि भएको छ । केही मन्त्री र अन्य पार्टीका नेता पनि संक्रमित भएका छन् ।

यस्तोमा कोभिडवाट जोगिन नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधव कुमार नेपालले केही टिप्स सार्वजनिक गरेका छन् । देशभर बढिरहेको कोरोना भाइरस संक्रमणप्रति हामी सबै समयमै सचेत भएर जोगिनुपर्ने बताएका छन् । नेपालले आज एक बिज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनयता कोरोनाको नयाँ भेरिएन्टका कारण संक्रमणदर उच्च गतिमा बढिरहेकोले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सचेतहुन अनुरोध गरेका हुन् ।

उनले आफ्ना पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन, थर्मलगनको प्रयोग गरी तापक्रम मापन गर्न, नाँक, मुख र चिउँडो छोपिने गरी माक्सको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन समेत दिएका छन् ।

यस्तै सार्वजनिक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका साथीहरुलाईमात्र सहभागी हुने व्यवस्था निर्देशन दिए ।

यस्तै एक पटक पनि कोराना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन समेत अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता