Logo

ओलीले धोका दिएपछि भीम रावलले दिए राजिनामा, अरु यि नेताको पनि निर्णय आउँदै



 

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा दसबुँदेको औचित्य समाप्त भएको अभिब्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले कार्यदलवाट राजिनामा दिएका छन् । उनले शुक्रवार साँझ कार्यदलवाट राजिनामा दिएको घोषणा गरेका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नरहेको बताएको तेस्रो दिन आफूले कार्यदलबाट राजीनामा दिएको बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नै १० बुँदेको औचित्य नरहेको बताएपछि आफूले फरक मत राखेर कार्यदलबाट राजीनामा दिएको बताएका हुन् । उनी १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक थिए । नेता रावलले एमालेको एकता जोगाउन आफूले सक्दो प्रयास गरेको पनि उल्लेख गरेका छन् ।

ूएमालेको एकता जोगाउन वार्ता, सहमति, कमिटी बैठक र कार्यदलमा इमान्दारीका साथ भरमग्दुर प्रयास गरेँ । १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिएँ । तर, आज स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षबाट नै १० बुँदे सहमतिको ‍औचित्य नरहेको धारणा प्रकट भएपछि फरक मत दर्ज गर्दै कार्यदलबाट राजीनामा दिएको छु’,उनले लेखेका छन् । उनले शुक्रबारको स्थायी कमिटी बैठकमा कार्यदलबाट राजीनामा दिने घोषणा गरेका थिए ।

 

लामो समय माधव कुमार नेपालको पक्षमा रहेर ओलीको कार्यशैली विरुद्ध आन्दोलनमा रहेका भीम रावल सहित १० नेताले अन्तिम अवस्थामा ओलीको साथ लागेर नेपाललाई धोका दिएका थिए । उनीहरुले अध्यक्ष ओलीले दसबुँदे समझदारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको भन्दै एमालेमै रहने निर्णय गरेका थिए । तर अध्यक्ष ओलीले नै दसबुँदेको औचित्य समाप्त भएको बताएपछि नेपालको साथ छोडेर आएका नेताहरु अन्यौलमा परेका छन् ।

बैठकमा भीम रावल, घनश्याम भुषाल लगायत अन्य नेताहरुले दस बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । तर ओलीको अडान पछि अब अन्य नेताहरुले पनि के निर्णय गर्छन त्यो हेर्न बाँकी छ

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता