Logo

काठमाडौँ उपत्यकामा मंगलवारदेखि बढ्यो सार्वजनिक सवारीको भाडा, अब कति तिर्नुपर्छ ?



 

काठमाडौँ । बाग्मती प्रदेश सरकारले मंगलवार देखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बढाएको भाडादर मंगलवारदेखि लागू भएको हो । यससँगै काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडादरमा पनि वृद्धि भएको छ ।

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो । उक्त भाडादर आजदेखि लागू भएको हो ।

काठमाडौँ उपत्यका बाहिरका जिल्लामा २३ प्रतिशतका दरले भाडा वृद्धि भएको छ । तर काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाइएको छ । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको न्युनतम भाडा १८ रुपैयाँ तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्ममा लागू हुनेछ र त्यसमाथि जति बढी किलोमिटर हुँदै जान्छ उति नै भाडा पनि बढी लाग्छ ।

 

अब उपत्यकाभित्र यात्रुले ५ किलोमिटरसम्मको यात्रा गर्दा न्युनतम भाडा रु १८ तिर्नुपर्नेछ भने १० किलोमिटरसम्मको यात्रामा २३ रुपैयाँ लाग्नेछ । यसैगरी १५ किलोमिटरसम्म २७ रुपैयाँ र २० किलोमिटसम्म ३० तथा २० किलोमिटर भन्दा माथि ३५ रुपैयाँ भाडा कायम गरिएको छ । तर यसमा विद्यार्थी, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकले ४५ प्रतिशत छुट पाउने व्यवस्था छ

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता