Logo

बार्सिलोनाका युथ कप्तान रियल म्याड्रिडमा आबद्ध



रियल म्याड्रिडले आफ्नो युवा टोलीका लागि राम्रो परियोजना बनाउन चाहिररहेको छ । र, बार्सिलोनाको योजना पनि यही नै छ ।
रियलले यस सिजन सर्जियो अर्रिवास, मिगुयल गुटिर्रेज, एन्टोनियो ब्लान्को र मार्मिक पार्कलाई युवा टिमबाट सिनियर टिममा ल्याउँदैछ । तर, युवा टिममा पनि नयाँ प्रतिभाशाली खेलाडी भित्रिएका छन् ।

रियलले बार्सिलोनाका युथ टिमका कप्तान जाउमी जार्दीलाई क्लबको युवा टिममा भित्र्याएको हो । यी खेलाडीसँग बार्सिलोनाको सम्झौता ३० जुनदेखि सकिएको थियो । यी खेलाडी आबद्ध गर्नका लागि रियलले कुनै रकम पनि खर्च गर्नुपरेको छैन ।

१९ वर्षका जार्दी गत सिजन बार्साका लागि युथ लेभलमा सर्वाधिक गोलकर्ता थिए, उनले ९ गोल गरेका थिए भने तीनभन्दा धेरै एसिस्ट गरेका थिए ।
रियलले १८ वर्षका जाभियर भिल्लारलाई पनि आबद्ध गरेको छ । उनी रोमाका उत्कृष्ट खेलाडी गोन्जालो हेभिएरका भाई हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता