Logo

गोलकिपर किरण चेम्जोङ बने एसियाकै उत्कृष्ट खेलाडी



आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय टोलीलाई पहिलो उपाधि दिलाएका किरण चेम्जोङ साताको उत्कृष्ट एसियाली खेलाडी चुनिएका छन् । ५५।६९ प्रतिशत मत प्राप्द गर्दै गोलकिपर किरण एएफसी प्लेयर अफ दि विक बन्न सफल भएका हुन् ।

एसियाली फुटबल महासंघ ९एएफसी० ले गत साता शीर्ष १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । प्लेयर अफ दी विक जित्ने किरण पहिलो नेपाली खेलाडी हुन् । एएफसीका अनुसार २०।७२ प्रतिशत अंक प्राप्त गरेका साउदी अरेबियाका सलेह अल सेहरी दोस्रो र इराकका अल अली महबइ १०।१६ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे । प्राप्त मतका आधारमा विजेता हुने भएकोले यसलाई एएफसीले घोषणा भन्ने गर्ने प्रचलन नरहेको बताइएको छ ।

किरणको कप्तानीमा गत साता नेपालले बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको उपाधि जितेको थियो । थ्री नेसन्सकप कपमा ३ खेलमा २ क्लिन सिट राखेका किरणले फाइनलमा १ गोलको सामना गरेका थिए । नेपाले दशरथ रंगशालामा ३७ वर्षपछि फुटबल उपाधि जितेको थियो ।

सन् १९८४ मा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद ९साफ० हालको साग मा स्वर्ण पदक जितेको थियो । त्यसयता राष्ट्रिय टोलीले दशरथ रंगशालमा जितेको यो पहिलो उपाधि हो । १९९९ मा आठौं सागको फाइनल पुगेपनि नेपाली टोली उपाधि जित्न असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता