Logo

आधा दर्जन छोराछोरीका बुवा बन्दै बक्सर टाइसन फ्युरी, ‘छैटौं सन्तानको पर्खाइमा छु’ भन्दै श्रीमती गर्भवती भएको जानकारी दिए



एजेन्सी । अहिलेको महंगो जमानामा अभिभावकहरु धेरै सन्तान जन्माउन चाहन्नन् । आफ्नो करियर र सन्तानको भविष्यका लागि थोरै सन्तानमै अभिभावक सन्तुष्ट हुने गरेका छन् । तर बेलायतका चर्चित बक्सर टाइसन फ्युरी भने छैटो पटक बुवा बन्ने खबर सुनाउँदै छन् । उनले सामाजिक सञ्जालमा आफू छैठौं सन्तानको पर्खाइमा भएको बताएका छन्।

उनले आफ्नी श्रीमती पेरिस गर्भवती भएको जानकारी दिँदै फ्युरीले आफू छैठौं सन्तानको पिता बन्न लागेकोमा खुसी ब्यक्त गरेका छन् । यसअघि सन् २०१९ मा मात्र उनको छोरा जन्मिएको थियो। हाल फ्युरी ३ छोरा र २ छोरीका पिता हुन्।

उनको छोराहरुको नाम प्रिन्स जोन जेम्स, प्रिन्स टाइसन फ्युरी र प्रिन्स एडोनिस अमाजिया हो भने छोरीहरुको नाम भ्यालेन्सिया र भेनेजुएला हो। टाइसन फ्युरीले यसैवर्ष अर्का चर्चित हेभिवेट बक्सर एन्थोनी जोसुवासँग प्रतिस्पर्धा गर्नेछन्। यसअघि गतवर्षको फेब्रुअरीमा टाइसन फ्युरीले अर्का स्टार बक्सर डियोनटे वाइल्डरलाई नकआउट गर्दै पराजित गरेका थिए। द सन

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता