विश्वकप क्रिकेट लिग २ : एकदिवसीय सिरिज स्थगित

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ ।
आइसीसीले कोरोना महामारीलगायतका कारण देखाउँदै हाललाई उक्त सिरिज स्थगित गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
ओमान सिरिजका लागि क्यानले ३२ खेलाडीलाई डेढ साता अघि बन्द प्रशिक्षणमा बोलाएको थियो । यसअघि नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने मिति तय गरिएको थियो ।
लिगमा हालसम्म नेपालले चार खेलमा चार अंक जोडेको छ । नेपाल लिगको छैटौँ स्थानमा छ । अमेरिका १२ खेलमा १२ अंक जोड्दै लिगको दोस्रो स्थानमा ओमान १० खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको छ ।