खेलकुद

राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लव र चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन् ।
खेल अपराह्न २ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

पुलिस चन्द्रपुरलाई हराउँदै तेस्रो स्थानको वालिङसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पुलिस ११ अंकसहित चौथो स्थानमा छ ।
६ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि पुलिसलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *