Logo

क्लबस्तरमा इब्राहिमोविचको ५ सयौँ गोल



एजेन्सी । ज्लाटान इब्राहिमोविचले क्लबस्तर ५ सयौँ गोल पूरा गरेका छन् । आइतबार एसी मिलानले क्रोटोनेलाई ४–० ले हराउने क्रममा गोल गर्दै इब्राहिमोविचले सो उपलब्धि हासिल गरेका हुन् ।

३९ वर्षीय स्वीडिस स्ट्राइकरले खेलको ३० औँ मिनेटमा गोल गर्दै क्लब करियरको ५ सयौँ गोल पुरा गरे । त्यसपछि दोस्रो हाफमा करियरको ५०१ औँ गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।

एन्टे रेबिचले त्यसपछि दुई गोल गर्दै मिलानलाई सहज जित दिलाए । जीतसँगै मिलानले चीर प्रतिद्वन्द्वी इन्टर मिलानलाई उछिन्दै इटालियन सिरिए एको शीर्ष स्थानमा उक्लिएको छ ।

२१ खेलबाट मिलानको ४९ अंक रहेको छ ।

अन्य खेलमा लाजियोले काग्लियारीलाई १–० ले हरायो भने पार्मा बोलोग्नासँग ३–० ले पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता