बिहीबार राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १(० गोलले पराजित गरेको हो ।

काठमाडौँ( इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित हात पारेको छ ।बिहीबार राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १(० गोलले पराजित गरेको हो ।
चेल्सीको जितमा जर्जिन्होले खेलको २४औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै चेल्सी २२ खेलमा ३८ अंकसहित लिगको छैठौँ स्थानमा उक्लिएको छ ।
पराजित टोटनह्याम २१ खेलमा ३३ अंकसहित आठौँ स्थानमा झरेको छ ।