Logo

सन्दिपले चलाए जादू ?  पपुवा न्यूगिनी यसरी भयो एकैछिनमा धरासायी, नेपाली क्रिकेटको बिश्वभर प्रशंसा



 

नेपाली क्रिकेटमा कहिलेकाँही जादू हुने गर्छ । यस्तै जादू शुक्रबार नेपाल र पपुवा न्यू गिनीबिचको दोश्रो एकदिवशीय खेलमा देखिएको छ । लेगस्पिनर सन्दीप लाछिमानेले क्यारियरकै उत्कृष्ट बलिङगर्दै लगातार ६ विकेट लिएपछि नेपालले पपुवा न्युगिनीमाथि कीर्तिमानी जित हात पारेको छ । नेपालले पिएनाजीलाई दोस्रो ओडिआई खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिलो खेलमा २ विकेटको जित हासिल गरेको नेपालले सिरिज २ ० ले जितेको छ ।

नेपाली क्रिकेटको ओडिआईमा यो नै सर्वाधिक ठूलो जित हो । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९।१ ओभरमा ८२ रनमा अल आउट भयो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक ठूलो जित यूएईविरुद्ध २०१९ मा १ सय ४५ रनको रहेको थियो ।

ओपनर लेगा सियाकालाई तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा ४ रनमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अर्का तीव्र गातिका बलर विक्रम सोबले कप्तान असाद भा लालाई चौथो ओभरको पाँचौं बलमा विकेटकिपर विनोद भण्डारीबाट एक रनमा क्याच गराउँदै पिएनजीलाई ११–२ को अवस्थामा पुर्याए ।

त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९।३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । करण केसीले तल्लोक्रममा २६ बलमा २ चौका र ४ छक्का सहित ४२ रनको इनिङ खेल्दै आउट भएका थिए । सातौं विकेटका लागि रोहित र करणले ६६ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

रोहितले ७९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका थिए । यसअघि पिएनजीविरुद्ध पहिलो खेलमा नेपाललाई संघर्षपूर्ण दुई विकेटको जित दिलाउन रोहितले सर्वाधिक महत्वपूर्ण ४१ रनको इनिङ खेलेका थिए । शुक्रबारको खेलमा मिडअनमा टोनी उराले क्याच ड्रप गरेपछि रोहितले ब्यक्तिगत ३७ रनमा जीवनदान पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता