Logo

भारतलाई दवावमा पारेको नेपाल यसकारण चिप्लीयो, मैत्रीपूर्ण फुटवलमा २ _१ ले पराजित के रहेछ कमजोरी ?



 

काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल २(१ गोल अन्तरले पराजित बनेको छ । नेपालले राम्रो प्रदर्शन गरेको जियो । तर कमजोर फिनिसिङका कारण पराजित हुनुपरेको थियो । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरेका हुन् ।

माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्प्यिनसिपको तयारी स्वरुप आयोजित भारतविरुद्धका दुईमध्ये बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १९१ गोलको बराबरीमा सकिएको थियो । तुलनात्मक रूपमा पहिलो खेलको तुलनामा राम्रो प्रदर्शन र गोलका अवसर पनि धेरै सिर्जना गरेको नेपाल फिनिसिङमा चुकेको थियो ।

पहिलो हाफमा भारतलाई बल पोसेसन होल्ड गर्न नदिएको र इन्टरसेप्सनलाई मुख्य हतियार बनाएको नेपालले गोलका लागि थुप्रै अवसर सिर्जना गरेको थियो ।

तर, नेपाली टोली फिनिसिङमा फितलो रहँदा हार टार्न सकेन । भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए । यस्तै, २(० ले पछि परेको नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता