Logo

ओलम्पिकमा खेलाडीहरुले मेडल किन टोक्छन्  ?  यसको ऐतिहासिक कारण यस्तो छ



एजेन्सी । टोकियो ओलम्पिक २०२० सुरु भएको छ र नेपाल पनि त्यसमा सहभागी भएको छ । कोरोना महामारीमा खेलहरु भइरहेका छन् । तपाईले प्रतिस्पर्धामा विजयी भएपछि पाएको मेडल खेलाडीहरुले दाँतले टोकेको देख्नुभएको छ होला । तस्बिरहरु पनि त्यस्तै सार्वजनिक हुन्छन् । जब कुनै खेलाडी प्रतिस्पर्धा जित्छ पोडियममा उभिएर हाँस्दै पदक दाँतले छोएको देख्न सक्नुहुन्छ ।

ओलम्पिक इतिहासकारहरूको अन्तर्राष्ट्रिय समाजका अध्यक्ष डेभिड वाल्चिन्स्कीले यस बारे केही वर्ष अघि सीएनएनसँग कुरा गरेका थिए। डेभिडले भनेका थिए कि पदक जितिसकेपछि खेलाडीहरूले फोटोग्राफरहरूको अनुरोधमा यसो गर्छन् र उनीहरूले यसलाई दाँतले टोकेर आफ्नो पोष्टलाई यादगार बनाउँदछन्।

यो ध्यान दिनुपर्ने कुरा के छ भने डेभिड ओलम्पिकको कम्पुलेट बुकका सह९लेखक पनि थिए। उनले भने कि फोटोग्राफरहरू यसलाई एक महान शटको रूपमा हेर्दछन्। तिनीहरूले यसलाई ठूलो महत्व दिन्छन् । यो पोजका कारण तस्बिरको मान बढ्छ।

जब डेभिडलाई सोधियो यो खेलाडीहरु आफै गर्छन रु उनले भने केही एथलीटहरूले आफैंले त्यसो गर्छन्। डेभिडले अगाडी भने कि मलाई लाग्छ यो पोजले फोटोग्राफरहरू र मिडियालाई बढी मतलब गर्दछ र म विश्वास गर्दछु कि एथलीटहरूले आफैंले त्यसो गर्न भने पक्कै रुचाउँदैनन् ।

यस बाहेक दाँतले सुन टोक्ने ऐतिहासिक परम्परा पनि रहेको छ। सुन एक नरम धातु हो, यसको शुद्धता यसलाई टोकेर मात्र परीक्षण गरिन्छ। यो कारण हो कि मानिसहरूले दाँतको माध्यमवाट सुनको सुद्धता थाहा पाउन सक्छन् । यो वास्तविक सुन हो की सुनको प्लेट गरिएको छ।

यदि सुन वास्तविक छ भने, तब यसमा दाँतको चिन्ह बन्दछ । तर ओलम्पिकमा प्राप्त गरेको स्वर्ण पदकमा त्यस्तो चिन्ह देखिदैन । किनकी त्यसमा निकै कम सुनको मात्रा प्रयोग गरिएको हुन्छ । ओलम्पिकको स्वर्ण पदकको सुन एकदम कम छ। सन २०१६ रियो ओलम्पिकमा मेडलमा एक प्रतिशत सुनको प्रयोग गरिएको थियो । यी स्वर्ण पदकहरूमा ९३ प्रतिशत चाँदी र ६ प्रतिशत कांस्य प्रयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता