Logo

आबेको निधनमा आज राष्ट्रिय शोक, कुनैपनि औपचारिक कार्यक्रम नहुने



काठमाण्डौं,असार २५ । सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा पूर्व प्रधानमन्त्री आबेको गोली हानी हत्या भएको घटनाप्रति सरकारले गहिरो दुःख व्यक्त गरेको छ । नेपाल सरकारले उनको परिवार, जापान सरकार र जापानी जनताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उनको निधनमा आज राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता