फेसबुकले फिर्ता गर्यो मेयर बालेनको पोस्ट

काठमाण्डौं,भदौ २२ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एमाले सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरेको छ । मेयर साहले आफुले रिभ्यु रिक्वेष्ट गरेपछी फेसबुकले माफी मागेर पोस्ट फिर्ता गरेको जानकारी दिएका छन् ।
एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले घरेलु बालश्रम सम्बन्धी स्टाटस लेखेका थिए । फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि शहको पोष्ट हटाएको थियो ।