Logo

नेपाल भलिबल संघ का अध्यक्ष जितेन्द्र बहादुर चन्द एशियन भलिबल कन्फिड्रेसन (AVC) को बोर्ड मेम्बरमा निर्बाचित



काठमाण्डौं,भदौ २१ । नेपाल भलिबल संघ का अध्यक्ष जितेन्द्र बहादुर चन्द एशियन भलिबल कन्फिड्रेसन () को बोर्ड मेम्बरमा निर्बाचित हुनु भएको छ ।

थाइल्याण्डमा आयोजित उक्त निर्वाचनमा बिजयी भएपछी नेपालमा उनलाई भब्य स्वागत गरिएको छ । भलिबल एशोसियसन अफ नेपालका पदाधिकारी र खेलाडीहरुले आज काठमाण्डौंमा आयोजित कार्यक्रममा स्वागत तथा शुभकामना ब्यक्त गरे । उक्त कार्यक्रममा बिशेषगरी नेवारी परम्परा अनुसार उनलाई सगुन दिएर स्वागत गरिएको थियो ।

कार्यक्रममा स्वागत स्विकार्दै अध्यक्ष चन्दले भने “भलिबल खेलमा धेरै ठुला ख्याती कमाएका राष्ट्रहरुको प्रतिस्प्रधा बिच नेपालको प्रतिनिधित्व गर्दै एशियन भलिबल कन्फिड्रेसन को बोर्ड मेम्बरमा निर्वाचित हुन पाउँदा मेरो मात्र नभै देशकै गौरव बढेको महसुस गरेको छु । यस प्रकारको सम्मानलाई जोगाइ राख्न मेरो हरसम्भव प्रयत्न रहने छ ।”

कार्यक्रम नेपाल भलिबल संघले आयोजना गरेको थियो । संघका पदाधिकारी,खेलाडी र शुभचिन्तकहरुले उक्त कार्यक्रममा खादामाला ओढाएर शुभकामना ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता