Logo

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार



टोकियो,असार २४ ।  जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।

प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो।

एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता