Logo

विरोधका बावजुद संसदमा टेबुल भयो एमसीसी, झलनाथ खनाल पनि संसदमा नारावाजी गर्दै विरोधमा उत्रिए



काठमाडौ । विरोधका बावजुद अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । प्रधानमन्त्री शेर वहादुर देउवाको लामो कसरत पछि आइतवार अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । आइतवार पनि नेकपा एमालेले संसद अवरोध भने जारी राखेको थियो ।

आइतवार सम्झौता टेबल भैरहँदा एमाले सांसद सहित भीम रावल, एकीकृत समाजवादीका सांसद झलनाथ खनालसँगै माओवादी केन्द्रका केही सांसदहरुले उठेर बिरोध गरेका थिए । एमालेले पनि आजको बैठकमा पनि नाराबाजी गरेको छ । यसअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एमसीसी सम्झौता टेबल गर्ने सहमति भएको थियो ।

नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद झलनाथ खनालले पनि संसदमा एमसीसी टेबुल गर्दा विरोध गरेका छन् । उनी आफ्नो सिटबाट उठेर संसदको वेलमा गएर एमसीसीविरुद्ध नाराबाजी गरेका हुन् । यद्यपि नेकपा एकीकृत समाजवादीले भने एमसीसी संसदमा टेबुल गर्न दिने निर्णय गरेको थियो । खनालले त्यस निर्णयको विरोध गर्दै आएका थिए । आज संसद बैठकमा एमसीसी पेश गर्ने कार्यसूची बनेपछि बैठक शुरू हुनासाथ असन्तुष्ट नेताहरू संसदभित्र प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता