एमसिसिको वि रोधमा आज पनि नेपाल बन्द होला (बिज्ञप्ति सहित )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) ले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै भोली शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ ।
नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपाली भूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै नेपाल बन्दको आह्वन गरिएको हो ।
एमसिसि पारित गर्नु राष्ट्रघाती र जनघाती भएको सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि त्यसलाई खारेजीको अलवा संसदबाट पारित गराउने दुसाहस गरिएको हुदा बाध्य भएर नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।
उक्त बन्दलाई भव्यताका साथ सफल पारिदिन सम्पुर्ण देशभक्त, बामपन्थि लगायत सम्पुर्णलाई नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) ले आग्रह गरेको छ ।नेपाल बन्दलाई अबरोध खडा गर्ने, हस्तक्षेप गर्ने वा कुनै प्रकारको उत्तेजना ल्याउने कार्य गरिएमा त्यसको कडा प्रतिरोध गर्ने चे ता व नी दिइएको छ ।त्यसबाट उत्पन्न हुने परिणमको जवाफदेही नेपाल सरकार नै हुने भनिएको छ ।