Logo

एमसीसीले बढायो शीर्ष नेताहरुको दौडधुप : के देउवाले गठबन्धन तोड्दै अनुमोदन गर्लान्  ?



 

 

काठमाडौं । यो साता प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । यो दौडधुप बढाएको हो– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले । गत आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि दौडधुपको गति बढेको हो । एमसीसीको अध्यक्ष अमेरिकी विदेशमन्त्री रहने गर्छन् ।

वहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संयुक्त रुपमा कूटनीतिक मर्यादा विपरीत अर्को देशको विदेशमन्त्रीलाई सम्बोधन गरी लेखेको पत्र बाहिरिएपछि निकै आलोचना पनि भयो । आलोचना यसकारण झन् बढी भयो किनभने प्रचण्डले उक्त पत्र नपठाएको दाबी गर्दै आएका थिए । सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसले नै उक्त पत्र सार्वजनिक गरेपछि प्रचण्डलाई राजनीतिक र कूटनीतिक रुपमा अप्ठेरो अवस्थामा पु¥यायो ।

पत्रमा देउवा र प्रचण्डले एमसीसी संसदबाट अनुमोदन गर्न थप समय उपलब्ध गराउन अनुरोध गरेका थिए । त्यति मात्र होइन उनीहरुले २०२२ फ्रेब्रुअरी २९ भित्र एमसीसीलाई संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता पत्रमा गरेका थिए । एमसीसीका विषयमा सत्तारुढ दलहरुबीच दूरी बढीरहेको बेला देउवा र प्रचण्डले लेखेको पत्र सार्वजनिक भएको थियो । यसले सत्तारुढ दलहरुबीच झन् दुरी बढाइदियो ।

‘प्रम देउवा र अध्यक्ष क।प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ । पार्टी दृढ छ, यथास्थितिमा यो संझौता स्विकार गरिने छैन,’ पत्र सार्वजनिक भए लगत्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले गरेको यो ट्वीटले सत्तारुढ गठबन्धनबीच एमसीसीले दुरी बढाएको पुष्टी गर्छ ।

यसको केही दिनअघि मात्र केही मिडियाले प्रधानमन्त्री ‘देउवाले एमसीसी संसदबाट अनुमोदन नभए गठबन्धन तोडिने’ जनाएको भन्दै समाचार सामाग्री प्रस्तुत गरेका थिए । ‘कुनै भ्रममा नपरौं, प्रमले एमसीसीसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन,’ माओवादी नेता श्रेष्ठले उतिखेरै खण्डन गरेका थिए, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

अहिले, सक्तारुढ दलहरुमध्ये सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा पास गर्नुपर्ने अडानमा छ । माओवादी, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संशोधन गरेर मात्र एमसीसी पास गर्नुपर्ने अडानमा छन् । एमसीसीलाई लिएर सत्तारुढ दलहरु दुई कित्तामा बाँडीरहेका बेला देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएको थियो । पत्रले एमसीसीलाई लिएर प्रचण्डले खेल्दै आएको दोहोरो चरित्र उदाङ्गियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता