Logo

अब फागुन १ गते देखि यसरी खुल्दैछन् विद्यालय



 

काठमाडौ । अब फागुन १ गते देखि स्वास्थ्य मापदण्ड पालना गर्दै शैक्षिक सत्र खोल्ने तयारी सरकारले गरेको छ । करिब डेढ महिना देशभर कोभिड सं क्रम ण का कारण विद्यालय बन्द छन् । अब सं क्र म णको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरीएको हो । प्रधानमन्त्री शेर वहादुर देउवाले यसवारे सरोकारवाला संग छलफल गरेका छन् । स्थानीय तहले नै आफ्नो क्षेत्रको सं क्रम णको अवस्था हेरेर विद्यालय खोल्ने सक्नेगरी तयारी भएको छ ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलबाट फागुन १ गतेदेखि विद्यालयहरू खोल्नेबारे छलफल भएको जानकारी दिए । अभिभावक र प्याप्सन एन प्याप्सनले विद्यालय संचालन गर्नुपर्ने भन्दै आएका थिए ।

‘‘आज शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय, अभिभावक संघ, सीसीएमसीसीका पदाधिकारीहरूबीच छलफल भयो । स्थानीय तहलाई नै अवस्था हेरेर विद्यालय खोल्न दिनेबारे छलफल भयो,” उनले भने । केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता