Logo

यस्तो बनाए सीके राउतका कार्यकर्ताले गाडी, मेयर र सांसद सहित ४ जना घाइते



 

काठमाडौ । मधेश प्रदेशमा डा सीके राउतका कार्यकर्ताको गतिविधि बढ्दै गएको छ । उनीहरुले बुधवार राजधानी जनकपुरधाममा सरकारी गाडीमा तोडफोड गरेका छन् । केही दिन यता डा। सीके राउत नेतृत्वको जनमत पार्टीका नेता९कार्यकर्ताहरूले मधेसमा आन्दोलन गर्दै आएका छन् । बुधवार उनीहरुले सरकारी गाडीमा तोडफोड गरेका छन्।

सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई सवार सरकारी गाडीमाथि उनीहरुले जनकपुरमा तोडफोड गरेका हुन्। तोडफोडका क्रममा मेयरसहित तीनजना घाइते भएका छन्गा डीमा मेयर गणेश प्रसाईं र उपमेयर रेणुका पौडेल सवार थिए।

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न मतदानस्थल जाने क्रममा जनमतका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका९४ मा गाडी तोडफोड गरेका हुन्।
जनमतका कार्यकर्ताको प्रदर्शनले राष्ट्रियसभा मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपरको अवस्था तनावग्रस्त बनेको छ। डा। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनप्रतिनिधि सवार गाडीलाई निशाना बनाएका छन्।

मधेश प्रदेशको राजधानी जनकपुरमा बुधबार राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुन आउने क्रममा जनमतका कार्यकर्ताले स्थानीय तहका प्रतिनिधि र प्रदेश सभा सांसदका गाडीलाई निशाना बनाएका हुन्।

सर्लाहीको हरिवनका मेयर गणेश प्रसाई सवार गाडी तोडफोड गरेका जनमतका कार्यकर्ताले एकजना जसपा सांसदको गाडीमा पनि आ क्र म ण गरेका छन्। उनीहरुले राष्ट्रियसभाका लागि मतदान गर्न आउँदै गरेका जसपा मधेश प्रदेशका सांसद अशोक यादवको गाडी पनि तोडफोड गरेका हुन्।

तोडफोडबाट जसपा सांसद यादव समान्य घाइते छन्। मतदानस्थलतर्फ जाँदै गर्दा यादव सवार गाडी जानकी मन्दिर अगाडि तोडफोड गरिएको हो।
यादव प्रदेशसभा अन्तर्गत अर्थ समितिका सभापति पनि हुन्। जनमतले पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमाथि एकपछि अर्को निशाना बनाउँदै लगेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता