Logo

नेपालीलाई धेरै माया गर्थे दिवंगत भारतीय सेना प्रमुख, नीजि सुरक्षाकर्मी समेत नेपाली मूलकै राखेका थिए



श्रीमति सहित भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुख विपिन रावत र उनकी श्रीमति मधुमालिकाको मृत्यु भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । उनकी श्रीमति मधुमालिका भारतीय सैनिक श्रीमति संघकी अध्यक्ष थिइन् । उनीहरुका दुई सन्तान छन् । दुबै छोरी मध्ये जेठी कृतिका हुन् । रावतका पिता लक्ष्मण सिंह रावतले पनि भारतीय सेनामा काम गरेका थिए । मधुमालिका भारतीय राज घरानाकी छोरी हुन् । उनी मध्यप्रदेशको सिंह घरानाबाट थिइन् ।

जहाजमा सीडीएस विपिन रावत, उनकी श्रीमती सहित १४ जना सवार रहेका थिए । अहिलेसम्म तेह्र जनाको मृत्यु पुष्टि गरिएको छ । वायुसेनाले दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ । खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । उक्त हेलिकप्टरमा सेना प्रमुख विपिन रावत र उनकी श्रीमती सवार थिए । उद्धार गरिएका मानिसहरूलाई उपचारका लागि वेलिंग्टन बेसमा लगिएको थियो ।

उनी नेपालीलाई असाध्यै माया गर्थे । उनले आफ्नो नीजि सुरक्षाकर्मी समेत नेपाली मूलकै राखेका थिए । नेपाली सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यात उनलाई यसरी सम्झन्छन्, “सन् २०१० मा नेसनल डिफेन्स कलेजमा उहाँ र म सँगै एक वर्ष पढेका थियौँ । असाध्यै सरल र भलाद्मी व्यक्तित्व । परिवार पनि त्यस्तै । नेपाल र नेपाली मन पराउने । आफ्नो भारतीय समकक्षीलाई भन्दा पनि नेपालीलाई बढी माया गर्ने मान्छे । तर काममा व्यावसायिकता पनि ।”

भारतीय सेना प्रमुख चढेको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली मूलका भारतीय सैनिकको पनि मृत्यु भएको छ । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत चढेको सेनाको हेलिकोप्टर बुधबार भारतको तमिलनाडु राज्यको कुन्नुरमा भएको थियो । उक्त दुर्घटनामा भारत दार्जिलिङको तकदा चिया कमाननिवासी सतपाल राईको पनि मृत्यु भएको हो । राई भारतीय सेनाको गोर्खा रेजिमेन्टमा हवलदार पदमा थिए । उनी सेना प्रमुख विपिन रावतका नीजि सुरक्षा अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता