Logo

हेलिकोप्टर दुर्घटना भएर मान्छेहरु ज ल्दै झर्दै गरेको प्रत्यक्ष देख्ने यी हुन् कृष्णा, भयावह घटनाको यसरी गरे बर्णन



‘मैले आफ्नो आँखाले मात्र एक मानिसलाई देखे । उनी ज लि रहेका थिए र तल झरे । म निकै डराए’, यो जानकारी कृष्णास्वामीले दिएका हुन् । उनी बुधबारको त्यो हेलिकोप्टर दुर्घटनाका प्रत्यक्षदर्शी हुन्, जसमा भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ प्रमुख जनरल बिपिन रावतसहित १३ जनाको मृत्यु भयो ।

श्रीमति सहित भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुख विपिन रावत र उनकी श्रीमति मधुमालिकाको मृत्यु भएको थियो । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो । उनकी श्रीमति मधुमालिका भारतीय सैनिक श्रीमति संघकी अध्यक्ष थिइन् । उनीहरुका दुई सन्तान छन् । दुबै छोरी मध्ये जेठी कृतिका हुन् । रावतका पिता लक्ष्मण सिंह रावतले पनि भारतीय सेनामा काम गरेका थिए । मधुमालिका भारतीय राज घरानाकी छोरी हुन् । उनी मध्यप्रदेशको सिंह घरानाबाट थिइन् ।

 

जहाजमा सीडीएस विपिन रावत, उनकी श्रीमती सहित १४ जना सवार रहेका थिए । अहिलेसम्म तेह्र जनाको मृत्यु पुष्टि गरिएको छ । वायुसेनाले दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ । खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । उक्त हेलिकप्टरमा सेना प्रमुख विपिन रावत र उनकी श्रीमती सवार थिए । उद्धार गरिएका मानिसहरूलाई उपचारका लागि वेलिंग्टन बेसमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता