Logo

कुपाण्डोलवाट एक्काराजले ‘मेरी श्रीमती कोठामा मृ त भेटिइन्’ भन्दै प्रहरीलाई फोन गरे, घटनास्थलमा प्रहरी पुग्दा रहस्य अर्कै



 

काठमाडौ । मंसिर १६ गते ललितपुरको कुपण्डोलस्थित आफ्नै कोठामा मृ त भेटिएकी महिलाको उनकै श्रीमानले गरेको आ’शंका गरिएको छ। ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मृ त अवस्थामा फेला परेकी थिइन्। घटनामा श्रीमानकै संलग्नता भएको आ शंकामा उनका श्रीमान ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए।

रामेछापको मन्थली नगरपालिका १२ गेलु घर भएका उनीहरु ललितपुर महानगरपालिका १० कुपण्डोलमा डेरा गरी बस्दै आएका थिए। अनुसन्धानका क्रममा एक्काराजले घाँ’ ‘टीमा कपडाले क’सी घटना भएको खुलेको एसपी महर्जनले बताए।

जानुका गत बिहीबार दिउँसो कोठामा मृ त फेला परेकी थिइन्। शव फेला परेको सूचनापछि प्रहरीको टोली खटिएको थियो। सूचना श्रीमान एक्काराज आफैंले प्रहरीलाई दिएका थिए। ‘घटना भएपछि श्रीमानले नै श्रीमती मृ त अवस्थामा फेला परेको भन्दै खबर गरे। खाटमा सु ति रहेको अवस्थामा फेला परेको भनिएको थियो,’ प्रहरी उपरीक्षक महर्जनले भने, ‘त्यसपछि हामी अनुसन्धान गर्न पुग्यौं।’

घटनास्थल पुग्दा प्रहरीलाई शं’का’स्पद लागेको थियो। त्यसपछि सुरूमा श्रीमान आफैं नै प्रहरीको शं’काको घेरामा रहेका थिए। मुचुल्का उठाएपछि प्रहरीले शव पोष्टमार्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाएको थियो। त्यसको रिपोर्ट र प्रविधिगत विश्लेषणले श्रीमान एक्काराजले नै घटना गरेको देखिएको प्रहरी उपरीक्षक महर्जनले बताए। ‘सुरूमा घटना स्वीकार गर्न मानेका थिएनन्। तर पछि स्वीकारे,’ उनले भने।

उनीहरू सामान्य मजदूरी गर्थे। दुई छोरा र एक छोरी पनि छन्।प्रायस् उनीहरूबीच झ’ग’डा हुने गरेको प्रहरी उपरीक्षक महर्जनले बताए। त्यसदिन पनि उनीहरूबीच झ’ग’डा भएको थियो।त्यसैक्रममा जानुकाले हात उठाएपछि घटना भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता