Logo

के भयो फेरी प्रचण्डलाई  ? सचिवालयले दियो यस्तो जानकारी



 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई दिनका लागि एकान्तवास जाने भएका छन् । उनी कुनै विशेष जिम्मेवारीका काम पुरा गर्नु अघि एकान्तवास जाने गरेका छन् । उनी सोमवार देखि दुई दिनका लागि एकान्तवासका लागि हिडेका छन् । पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलनको तयारी र अध्ययनका लागि प्रचण्ड काठमाडौँ उपत्यका नजिक कुनै एकान्त स्थानमा जाने तयारीमा रहेको खुमलटार स्रोतले जनाएको छ ।

‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ । अबका दुई दिन उहाँ अध्ययनमा व्यस्त रहनुहुन्छ ।’ अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ । एकान्तवासमा भए पनि प्रचण्डले प्रदेश सम्मेलन, राष्ट्रिय सम्मलनका लागि अनौपचारिक रुपमा भने कुराकानी र छलफललाई निरन्तरता दिने सचिवालयले जनाएको छ । यही मङ्सिर २५ मा माओवादीको प्रदेश सम्मेलन हुँदैछ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलनको तयारी गरिएको छ ।

बुटवल–नारायणगढ सडकखण्डको म्याद थप गर्न माग
बुटवल, २० मङ्सिर । बुटवल–नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न आग्रह गरेको हो । दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले सो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको जानकारी दिनुभयो ।

त्यहाँ दैनिक ५०० कामदारले काम गरिरहेको र साइट क्लिरियर गर्ने काम भइरहेको छ । यद्यपि तोकिएको समयमा पूरा हुने अवस्था नरहेकाले म्याद कति थप्ने, कसरी थप्ने भन्ने विषयमा भने सडकको अवस्थाको अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ सम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको सडक आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता