Logo

कक्षा १२ को परीक्षा भोलिदेखि, कोरोना पुष्टि भएका विद्यार्थीले पछि परीक्षा दिन पाउने



काठमाडौं भोलि बुधवारदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। चन्द्रमणि पौडेलले बताउनुभयो ।

परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उहाँले बताउनुभयो ।

परीक्षाका लागि तयार पारिएका प्रश्न पत्र भोलि बुधवार बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परीक्षा केन्द्रमा पुर्‍याइने परीक्षा बोर्डका अध्यक्ष डा। पौडेलले बताउनुभयो ।यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा भोलिदेखि हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता