Logo

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु



पोखरा, पुस २२ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड–१९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारीलगायत विषयमा सरकारको जवाफ माग्दै विशेष अधिवेशन बोलाउन गत मंसिर ३० मा प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपाली, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, जसपाका हरिशरण आचायले कोभिड–१९ नियन्त्रण र उपचारमा एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले सरकारको स्रोतसाधन अनुसार नै कोभिड १९ नियन्त्रणमा प्रदेश सरकार सफल भएको दाबी गरे । उनले कुन भ्याक्सिन आउँछ, त्यस आधारमा ल्याब बनाउनुपर्ने हुँदा हाललाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र ल्याब बनाउन नेपाल सरकारसमक्ष प्रस्ताव गरिसकेको जानकारी दिए । उनले भ्याक्सिन राख्न चाहिने बजेट पनि दिने आश्वासन संघीय सरकारबाट आइसकेको बताए ।

उनले गण्डकी प्रदेश बेरुजू रकम धेरै हुनेमा दोस्रो प्रदेश रहेकोमा आगामी दिनमा बेरुजू फछ्र्यौट बढी गर्ने प्रदेशको रुपमा अघि बढ्ने बताए । ‘संघीयता जादुको छडी थिएन र होइन । अरु व्यवस्थाको तुलनामा यो व्यवस्था बढी संयोजनकारी, बढी विकल्प दिन्छ कि भनी संघीयता छनौट गरिएको हो । भर्खरै जन्मिएको संघीयताले अहिले नै बोलेन, दौडेन कि भनेर भन्नु हतारो हुन्छ कि रु’ उनले भने, ‘अरु मुलुकको कार्यान्वयनको गति हेर्दा हाम्रो गति कम हैन । हामीलाई छिटो र चाँडो चाहिएको छ, त्यसैले असन्तुष्टि पाइएको हो ।’राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता