Logo

जोन्सन एन्ड जोन्सनले रोक्यो कोरोनाविरुद्धको खोप परीक्षण



काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको कारण अहिले विश्वका धेरै देश प्रभावित भइरहेका छन् । कोरोनाकै कारण विश्वमा धेरै मानिसहरुले ज्यान पनि गुमाइसकेका छन् ।

यस्तो अवस्थामा विभिन्न कम्पनीले बनाएको कोरोनाभाइरसविरुद्धको खोपले मानिसहरुलाई केही आशा दिएको छ । यस्तै कोरोनाविरुद्धको खोप बनाएको एक कम्पनी हो जोन्सन एन्ड जोन्सन ।

यस्तै हालै औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोनाविरुद्धको खोप परीक्षण तत्कालका लागि रोकेको छ । सोमबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै एक जना सहभागी बिरामी भएको भन्दै कोरोनाविरुद्धको खोप परीक्षण तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा कम्पनीले एक जना सहभागी बिरामी भएपछि अस्थायी रुपमा कोरोना खोपका सबै क्लिनिकल ट्रायल स्थगित गरिएको जनाएको छ ।

करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको यस कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता