Logo

भ्याक्सिन लगाएको केहीलाई प्यारालाइसिसको सम्भावना( यस्तो हुन्छ पहिलो संकेत !



काठमाडौं । भ्याक्सिन लगाएको केहीलाई प्यारालाइसिसको सम्भावना। यस्तो हुन्छ पहिलो संकेत। जोन्सन एण्ड जोन्सन भ्याक्सिन सम्बन्धित दुर्लभ न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले नयाँ चेतावनी जारी गरेको छ । भ्याक्सिन प्रदान गरिएका साढे १२ मिलियनमध्येबाट एकसयजनामा यस्तो सिन्ड्रोम देखिएपछि एफडीएको नयाँ चेतावनी आएको हो ।

एफडीएले ९५ जनाको केस गम्भीर प्रकारको रहेको र उनीहरु अस्पतालमा नै भर्ना हुनुपरेको जनाएको छ । एकजनाको भने मृत्यु भएको जनाइएको छ । यद्यपी भ्याक्सिन र गियान बार सिन्ड्रोमबारे प्रत्यक्ष सम्बन्ध स्थापीत गर्न तथ्यांक अप्रयाप्त रहेको भन्दै एफडीएले कोरोनाबिरुद्ध जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन सिफारिस गरेको छ ।

जोन्सन एण्ड जोन्सनले पनि यसबारे अमेरिकाको सघीय नियामक एफडीएसँग छलफल गरेको जनाएको छ । यस्तो सिन्ड्रोमको सम्भावना अत्यन्तै कम रहेको र रिपोर्ट गरिएका मामलाहरु पनि अत्यन्तै थोरै भएको कम्पनीले जनाएको छ । यद्यपी फाइजर र मोर्डेना भ्याक्सिनका सन्दर्भमा भने यस्तो मामला रिपोर्ट गरिएको छैन ।

गियान बार सिन्ड्रोम यस्तो दुर्लभ प्रकारको डिस्अर्डर हो, जसले व्यक्तिको इम्युन प्रणालीले नर्भ सेलहरुमा क्षति गराउँछ । जसका कारण माशंपेशी कमजोर हुनुका साथै प्यारालाइसिस समेत हुनसक्छ । यस्तो सिन्ड्रोम भएका अधिकांश व्यक्ति पूर्णरुपमा निको हुनसक्छन् । तर केही व्यक्तिलाई भने निको हुन लामो समय लाग्नसक्ने जनाइएको छ ।

फ्लु सिजनमा समेत अमेरिकामा यस्ता केही केसहरु देखिने गरेका छन् । फ्लु भ्याक्सिन लगाउँदासमेत १० लाखमा एकदेखि दुईसम्म यस्ता केसहरु देखिने गरेका छन् । जोन्सन एण्ड जोन्सन भ्याक्सिनसँग सम्बन्धित पछिल्ला केसहरुमा भने धेरै उमेरका पुरुषहरु सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ ।
धिकांश गियान बार सिन्ड्रोमका केसहरु भ्याक्सिन लगाएको दुई सातासम्मका रहेका छन् भने अधिकांश ५० बर्ष नाघेका पुरुषहरु रहेका छन् । यदि भ्याक्सिन लगाएपछि व्यक्तिमा झमझमाउने र कमजोरी अनुभव भएमा तत्काल स्वास्थ्य सहायता खोज्न एफडीएले सुझाव दिएको छ ।

खासगरी खुट्टा र पाखुरामा झमझमाउने भएमा त्यो शरीरका अन्य भागमा समेत फैलिनसक्ने जनाइएको छ । यो सिन्ड्रोमका अन्य लक्षणहरुमा हिडडुल गर्न कठिन हुने, अनुहारको चालमा समस्या हुने, दुईवटा दृश्य देखिने, आँखा चलाउन गाह्रो हुने, दिशापिसाव नियन्त्रण गर्न गाह्रो हुने लगायतका हुनसक्छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन १५ लाख डोज सोमबार नेपाल आइसकेको छ भने मंगलबारदेखि वितरण सुरु गरिएको छ । यो भ्याक्सिन ५० देखि ५४ वर्ष उमेरका व्यक्तिलाई दिइने भएको छ ।सोमवारको मन्त्रिपरिषद्को निर्णय अनुसार मङ्गलवारदेखि नै भ्याक्सिन कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ । तोकिएको उमेर

समुह बाहेक जोन्सन एण्ड जोन्सन भ्याक्सिन अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई समेत प्रदान गरिने भएको छ । नेपालमा रहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरूलाई समेत यो भ्याक्सिन दिइने भएको छ ।अमेरिकाले कोभ्याक्समार्फत प्रदान गरेको भ्याक्सिन काठमाडौंमा । फोटोस् अमेरिकी विदेश मन्त्रालय

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता